पोखराको लामाचौर निवासी केदारराज गौतमका १३ वर्षीय छोरा समर्पण गौतम बेपत्ता भएका छन् ।
समर्पण आज आइतबार बिहान साढे ९ बजेबाट बेपत्ता भएका हुन् । प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत समर्पण स्कुल जान भनेर घरबाट निस्केको उनका बुबा केदारराजले जानकारी दिएका छन् ।
बेपत्ता बालक समर्पणले घरमा एउटा चिट्ठी लेखेर छाडेको भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।उक्त चिठीमा आफूलाई “पढ्न गाह्रो भएकाले घर छाडेको र खोजी नगर्न” आफन्तलाई उनले आग्रह गरेका छन्।
स्कुल जान भनेर हिडेका छोराले लेखेको चिठी घरमा भेटे पछि उनका बुबा केदारराज गौतमले छोरो हराएको भन्दै खोजी गरिदिन प्रहरी तथा आफन्त र सुभेच्छुकहरुसंग आग्रह गरेका छन्।
अहिले यतिबेला प्रहरी, स्थानीय बासिन्दा र आफन्तले उनी जान सक्ने स्थानहरुको पहिचान गरी खोजी गरिरहेका छन्। यदि कोही कसैले उनलाई देखे वा फेला पारेमा 9856024586 9846028609, 9846146598, 9856030407 मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा जानकारि दिन परिवारले अनुरोध गरेका छन् ।














