दशैंको मुखैमा बढ्यो घिउको मूल्य : मूल्य वृद्धि फिर्ता लिन माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

दशैंको मुखैमा घिउको मुल्य बढेको छ ।

सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले घिउको उपभोक्ता मूल्य बढाएको हो । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको संस्थानले जनाएको छ । संस्थानको अनुसार बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको छ ।

सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने संस्थानले जनाएको छ ।

अघिल्ला वर्षका मुख्यचाड पर्वमा उपभोक्तालाई सहुलियतमा घिउ लगायतका दूग्ध पदार्थ बिक्री गरिरहेको डीडीसीले यसपटक भने दशैंको मुखैमा घिउको मूल्य वृद्धि गरेको हो । मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने आपत्ति जनाएका छन् । चाडपर्वमा उपभोक्तालाई सहुलियतदिनु पर्नेमा उल्टै मूल्य वृद्धि गरिनु बदमासी भएको भन्दै अधिकारकर्मीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

  • १५ आश्विन २०७८, शुक्रबार १६:३१ प्रकाशित