काठमाडौं ।
नेपाल उद्योग परिसंघको आयोजनामा आजदेखि २ दिने पूर्वाधार सम्मेलन सुरू भएको छ । परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको संयुक्त आयोजनामा पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो ।
परिसंघले दीगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ ।
नेपालले आर्थिक वर्ष २०७९र८० मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । यही लक्ष्यलाई भेट्टाउन पनि परिसंघले पूर्वाधार सम्मेलनको आयोजना गर्न लागेको हो ।