पोखरा ।
सामुदायिक प्रहरी सेवाकेन्द्र माटेपानीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा आज लागू औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं.१४ छिनेडाँडा स्थित शुक्रराज बलभद्र माबि मा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी, व.प्र.का. रामबजारका प्र.व.ना.नि. प्रेम बहादुर जि.टी. र अमृत कुमार भट्टराईले कार्यक्रमको सहजिकरण गरेका थिए ।
लागू औषध दुर्व्यसनी, लागू औषधबाट हुने असर, लागू औषध नियन्त्रणका प्रयास तथा हाल बढ्दो क्रममा रहेको साईबर अपराध, अनलाईनबाट हुने ठगी, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र कानूनी व्यवस्थाका बारेमा कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।
प्रविधिको प्रयोग संगै अपराध गर्ने तरिका पनि परिवर्तन भएकाले सचेतता अपनाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष मिरा देवी आचार्यले समाजमा अपराध न्यूनिकरण र समुदायले अपनाउन पर्ने असावधानी वारे कार्यक्रम प्रभावकारी भएको बताइन् ।
कार्यक्रम संयोजक किरण अधिकारीले समुदाय स्तरमा यस्ता कार्यक्रम निकै प्रभावकारी हुने गरेको भएकाले कार्यक्रमको आयोजना गरिएको बताए ।