जनकपुरधाम ।
धनुषाको नगराईन नगरपालिका ६ स्थित खेतमा दुई किशोरी मृत फेला परेकी छन् ।
मंगलवार दिउँसो गाउँलेले खेत जाने क्रममा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले कानूनी प्रक्रिया पुरा गरी दुवै युवतीको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार नगराईन नगरपालिका ७ का दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत, मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थित हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन् ।
धनुषाका प्रहरीको अनुसार घटनाको प्रकृति हेर्दा न हत्या भएको ,न बलात्कार भएको देखिन्छ । उनीहरु विष सेवन गरेर आत्महत्या गरेको अनुमान छ । तर पोष्टमार्टमको रिपोर्ट नआएसम्म केहि भन्न सकिदैन ।