राष्ट्रिय घरभाडा सरोकार समितिको अध्यक्षमा न्यौपाने

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको अध्यक्षमा पुनः कमलप्रसाद न्यौपाने चयन भएका छन् ।

शनिबार पोखरामा सम्पन्न समितिको १५ औं साधरणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा पुनः न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा उमापति ढकाल, द्वितिय उपाध्यक्षमा जगदिश प्रसाद अधिकारी, महासचिवमा कृष्णप्रसाद चापागाई, सचिवमा नारायण प्रसाद सुवेदी, कोषाध्यक्षमा राजु सुनार र कोषाध्यक्षमा ईश्वरी प्रसाद आचार्यलाई चयन गरेको छ ।

त्यसैगरि समितिको सदस्यहरुमा सोभाकान्त शर्मा, मिलन ढकाल, जगनमोहन गिरी, बेदुराम लामिछाने र ईन्दुदेवी श्रेष्ठ चयन भएको नवनिर्वाचित महासचिव कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।

  • १८ भाद्र २०७९, शनिबार २२:१० प्रकाशित