पोखरा ।
नेकपा (एकीकृत समाजवादी) कास्कीले नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी) सहित जनजाति महासंघ सम्बद्ध विभिन्न कमिटीहरु गठन गरेको छ । अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विभिन्न आदिवासी जनजाति सम्बद्ध समितिहरु गठन गरेको हो ।
नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी) कास्कीको अध्यक्षमा महेन्द्रकुमार गुरुङ चयन भएका छन् । गुरुङको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा खडक बहादुर राई र ईशारा थापा, सचिव प्रदिप भुजेल, सहसचिवमा राम तामाङ, ज्ञानकुमार श्रेष्ठ र कोषाध्यक्षमा यशोदा गुरुङ चयन भएका छन्।
समाजवादी तमु संघको कास्की अध्यक्षमा हर्कबहादुर गुरुङ चयन भएका छन् । हर्कको नेतृत्वमा २५ सदस्यीय समाजवादी तमु संघ गठन भएको छ ।
त्यसैगरी होम तामाङको नेतृत्वमा १७ सदस्यीय तामाङ संघ, रुद्रबहादुर खप्तडी मगरको नेतृत्वमा २१ सदस्यीय मगर संघ, असरमान राईको नेतृत्वमा २१ सदस्यीय राई संघ, कृष्णमान श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय नेवार संघ र दुर्गवहादुर भुजेलको नेतृत्वमा १७ सदस्यीय भुजेल संघ गठन गरिएको नेकपा एकीकृत समाजवादी कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख पूर्ण लामाले जानकारी दिएका छन् ।














