आज एकैदिन ३ संक्रमितको मृत्‍यु, कति संक्रमित थपिए ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् ।

सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

  • १७ भाद्र २०७९, शुक्रबार १७:०० प्रकाशित