पाल्पा बुटवल खण्डमा पहिरो : सवारी आवागमन पूर्णरुपमा ठप्प

केन्द्रभाग मिडिया

File photo

पाल्पा ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण ठप्प भएको छ । निरन्तरको वर्षाको कारण हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन ठप्पै भएको हो ।

पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन निर्माण सकिएलगत्तै गएराति दुई ठाउँमा पहिरो खसेपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । सडक बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले भासिएको सडक निर्माण नभएको र डाइभर्सन बनाइएको सडकसमेत हिलाम्य भएकाले ग्राभेल नगर्दासम्म सवारी साधन पास गर्न सकिने अवस्था नरहेको बताए । अहिले निरन्तर पानी परेकाले पानी रोकिएपछि मात्रै सवारी साधन सन्चालन गर्ने गरी काम गरिने उनले बताए ।

  • १७ भाद्र २०७९, शुक्रबार ०८:५६ प्रकाशित