काठमाडौं ।
डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । त्यसको साथै छातीमा समस्या भएको चिकित्सकले जनाएका छन् ।
स्वास्थ्य कार्यालय कैलालीले टेलिफोन मार्फत डेंगुबाट मृत्यु भएको जानकारी दिए पनि औपचारिक रूपमा विवरण आइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रणले जनाएको छ ।














