तीज मनाएर फर्किने क्रममा खोलाले बगाउँदा एकको ज्यान गयो

केन्द्रभाग मिडिया

चौतारा ।

सिन्धुपाल्चोकमा तीज मनाएर फर्किने क्रममा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किंदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनकी आमा र बहिनी भने सकुशल रहेका छन् ।

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् ।

  • १६ भाद्र २०७९, बिहीबार १०:५० प्रकाशित