पोखरा।
अहिले देशको अधिकांश स्थानमा भारी वर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा निरन्तर वर्षाको कारण केही ठाउँमा वर्षाले खतराको तह पार गरिसकेको छ ।
यो समाचार तयार पार्दा सम्म बाराको निजगढ र बागलुङको गलकोट र पोखरामा खतराको तहभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान विभागले जनाएको छ । विभागको मापन अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशको बागलुङ जिल्ला अन्तर्गत गलकोटमा धेरै वर्षा भएको छ ।
बागलुङको गलकोटमा १४३.२ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै पोखराको १२३.१९५ र बाराको निजगढमा १०६.८ मिलिमिटर वर्षा भएको छ ।
नवलपुरको दमकाउली स्टेसनमा ५६.६, लमजुङको कुन्छामा ३६.४, गोरखाको गोरखा अग्रोमेटमा २८.९२२,स्याङ्जाको मालुङ्गमा ०.८,स्याङ्जाको आँधीखोलामा १४.८,तनहुँको अट्रौलीटारमा २२, तनहुँकै विमलनगरमा २०.४,कास्कीको माछापुच्छ«े बेसक्याम्पमा १३.३, म्याग्दी गुर्जाखानी २५.६५२, मुस्ताङको थाकमार्फा ५४.०२८,बागलुङमा ३५.१७५ मिलिमिटर वर्षा भएको छ।
यस्तै म्याग्दीको तातोपानी १०.४ , दरबाङमा ५९.४, मुनामा ५९.४,नवलपुर डन्डामा १२,स्याङ्जा बजारमा २७.१२२, तनहँुको बन्दीपुरमा २०.०३८, गोरखा विरेनचोकमा ३१, कास्कीको लुम्लेमा ८५.७५३,गोरखाको बारपाकमा ९०.२, स्याङ्जाको पन्चमुलमा २५.८, लमजुङको राइनास्टारमा २०.६, तनहुँको संघामा ३८.२ मिलिमिटर वर्षा भएको छ।
कुन ठाउँमा कति पानी पर्यो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस














