गोरखाको चुमनुब्री गाउँपालिकामा खाद्यान्न संकट : सेनाको हेलिकप्टरमा लगियो चामल

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखा गाउँपालिकामा हेलिक्पटरबाट चामल ढुवानी भएको छ । गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोले जनाएको छ ।

खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ र ७ वडाका केही बस्तीमा नेपाली सेनाको हेलिकप्टरमार्फत चामल लगिएको खाद्य डिपोका सूचना अधिकारी शिव सुनारले जनाए ।

चुम्चेतमा ३४ क्विन्टल र छेकम्पारमा ५९ क्विन्टल चामल लगिएको उनले जानकारी दिए। चामल वडाध्यक्षको जिम्मा लगाइएको कम्पनीले जनाएको छ । चुम उपत्यकाको छेकम्पार र चुम्चेत प्रवेश गर्ने नाकाअन्तर्गत लोक्पामा पहिरो जाँदा बाटो बन्द भएको हो ।

पहिरोले पैदलमार्ग र पुलमा क्षति पुर्याएपछि त्यहाँ खच्चडमार्फत गरिने खाद्यान्न ढुवानीको काम बन्द भएको छ ।

  • १४ आश्विन २०७८, बिहीबार १३:०७ प्रकाशित