६४ प्रश्नको सामना गर्दै चोलेन्द्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६४ प्रश्नको सामना गर्दैछन् ।

जबराको बयान भर्खरै सुरू भएको छ । बिहान ११ बजेदेखि नै महाअभियोग सिफारिस समितिको बैठक बस्ने भनेपनि निर्धारित समयभन्दा करिब डेढ घण्टापछि बयान सुरू गरिएको हो । बोलाकै बेला सिंहदरबार पुगेका राणा कुरेर बसेका थिए ।

जबरामाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोधलगायतका आरोप लगाइएको छ ।

बयानका लागि आवश्यक मापदण्ड बनाउन थाल्दा समय लागेको बताइएको छ । साथै पत्रकारलाई छिर्न दिनेरनदिने विषयमा सत्तारुढ र प्रतिपक्ष दलका सांसदबीच मतभेद भएको थियो ।

समिति सदस्य प्रमोद साहका अनुसार उनीमाथि लागेका आरोपसँग सम्बन्धित जम्मा ६४ वटा सवाल सोधिनेछ । तीमध्ये २१ वटा प्रश्न बार एशोशिएशनले बुझाएको विवरणबाट छ ।

  • १५ भाद्र २०७९, बुधबार १३:३६ प्रकाशित