काठमाडौं ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौं वर्ल्ड स्कुलमा झडप भएको छ ।
विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । कक्षा १२ मा अध्ययनर विद्यार्थीहरुको बिचमा मंगलबार विवाद भएको थियो ।
गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको बीचमा बिवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेका छन् ।














