मोरङ ३ बाट निर्वाचन लड्ने रेखा थापाको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । नेपाली फिल्मकी अभिनेत्री तथा निर्माता समेत रहेकी थापाले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

मंगलबार थापाले मोरङ क्षेत्र नम्बर ३ पुगेर उम्मेदवारी घोषणा गरेकी हुन् । पार्टीको स्थानीय समितिले थापालाई उम्मेदवार बनाउने निर्णय यस पहिलेनै गरिसको थियो ।

मोरङ क्षेत्र नम्बर ३ की स्थानीयसमेत रहेकी थापाले महिलाहरु समानुपातिकमा मात्रै सिमित हुन नसहेको बताइन् ।

  • १५ भाद्र २०७९, बुधबार १२:२३ प्रकाशित