तरुण नेता बिक्रम गुरुङ्ग प्रदेश सांसदका आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल तरुण दल जिल्ला समिति कास्कीका सदस्य बिक्रम गुरुङ्गले प्रदेश सांसद हुन आकांक्षा देखाएका छन् । पोखरा ३१ पचभैया निवासी गुरुङ्गले आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि आवद्ध दल नेपाली कांग्रेसबाट सांसद हुने आकांक्षा राखेका हुन् ।
सोमबार पार्टीको कास्की क्षेत्रनम्बर १ ‘क’ प्रदेश निर्वाचन क्षेत्रीय समितिमा गुरुङ्गले समानुपातिकतर्फ सिफारीस गर्न नाम दर्ता गराएका हुन् । लामो समयदेखि नेपाली कांग्रेस र भातृ संस्था तरुण दलमा क्रियाशिल गुरुङ्ग सांसद हुने चाहना राखेपछि युवा तथा त्य क्षेत्रका अग्रजहरुले समेत हौसला थपिरहेको गुरुङ्गले बताए ।

उनीसंगै १२ जनाले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य हुने ईच्छा ब्यक्त गर्दै नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेहरुमा शान्ति कुमारी खनाल, चन्द्रावती घिमिरे, डिल्लिराम तिवारी, नन्दप्रसाद तिवारी, तारादेवी अधिकारी, मुरारी शर्मा, खेमबहादुर गुरुङ, कुमार सुनार, सुरज जंग राणा, अप्सरा श्रेष्ठ र अजिम बक्स मिया रहेका छन् ।यीमध्ये युवा नेता बिक्रम समानुपातिकतर्फ प्रदेश निर्वाचन क्षेत्रीय समितिले सिफारीस गर्ने ३ जना भित्र पर्ने सम्भावना अधिक रहेको बताईएको छ ।

त्यस्तै नेपाली कांग्रेस कास्की क्षेत्रनम्बर १ ‘क’ मा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ८ जनाले नाम दर्ता गराएका छन् ।पार्टीले मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि आज आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेको थियो । उम्मेदवार बन्न आकांक्षा देखाउनेमा मुराहरी कोइराला, देवेन्द्र भाट, राजेन्द्रमणी लामिछाने, पुष्पमणी भण्डारी, कल्याणबाबु भण्डारी, दुर्गा लामिछाने, गिरी राज गौतम र बुद्धिमान गुरुङ रहेका छन् ।

पार्टी केन्द्रको परिपत्र अनुसार पहिलो चरणमा प्रदेश सभा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारका आकांक्षीको नामावली संकलन गरिएको हो ।

  • १५ भाद्र २०७९, बुधबार १२:०५ प्रकाशित