सिंहदरबारमा जबरा : न्यायिक समितिमा बयान दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सिंहदरबारमा बयान दिदैं छन् ।

महाभियोग लागेका जबरा बयान दिन सिंहदरबार पुगेका छन् । तर महाभियोग सिफारिस समितिको बैठक अझै सुरु नभएको जनाइएको छ । बैठक ११ बजे बस्ने भनिएको थियो । राणा निर्धारित समयमै सिंहदरबार पुगे पनि बैठक सुरु नहुँदा संसद सचिवालयका महासचिवको कार्यकक्षमा प्रतिक्षारत छन् ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक राणासँग बयान लिन लागेको हो ।

  • १५ भाद्र २०७९, बुधबार ११:२५ प्रकाशित