काठमडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)साहविरुद्ध अदालतको अवहेलनामा मुद्दामा सर्वोच्चमा आज सुनुवाइ भएको छ ।
अधिवक्ता दीपकराज जोशीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी रिट उपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो ।
नर्भिकको अनधिकृत संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन आदेश दिएको थियो । त्यो आदेशविरुद्ध बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी स्टाटसमार्फत टिप्प्णी गरेका थिए ।














