मोहना नदीमा बाढीले खतराको तह नाघ्यो

केन्द्रभाग मिडिया

कैलालीको मोहना नदीमा बाढीले खतराको सतह पार गरेको छ । आइतबार साँझदेखि परिरहेको अविरल वर्षापछि नदीमा खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नदीमा पानीको सतह खतरा भन्दा धेरै माथि पुगिसकेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले पानीको सतह ३ दशमलव ६ मिटर पुगेपछि खतरा मानिदै आएकोमा सोमबार बिहानसम्म बढेर ३ दशमलव १५ मिटर पुगेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा आइतबारदेखि वर्षा भइरहेको छ ।

  • १३ भाद्र २०७९, सोमबार १०:५४ प्रकाशित