आज विधायन समितिमा छलफल हुँदै नागरिकता विधेयक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिकता विधेयकमाथि आज विधायन व्यवस्थापन समितिमा छलफल हुँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विद्येयक पुर्नविचारका लागि फिर्ता पठाएकी थिइन् ।

मध्यान्ह १२ बजेका लागि समितिको बैठक बोलाइएको समिति सचिव मनोजकुमार गिरीले जानकारी दिएका छन् । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई आमन्त्रण गरिएको छ ।

प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट हुबहु पारित गरेको विधेयकलाई आइतबार बसेको राष्ट्रियसभा बैठकले प्रक्रियागत रूपमा अघि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।

हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए ।

  • १३ भाद्र २०७९, सोमबार ०९:१५ प्रकाशित