राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।
सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ । आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले यस्तो आदेश दिएको हो ।

थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटको अन्तिम टुंगो नलाग्दै निर्वाचन आयोगले तीर चुनाव चिह्न दिन सक्ने भन्दै थापा पुनः सर्वोच्च अदालत पुगेका थिए ।

आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसपछि भदौ १४ अघिसम्म राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको हो ।

  • १२ भाद्र २०७९, आईतवार १८:२४ प्रकाशित