राष्ट्रियसभाको बैठक बस्दै : के होला नागरिकता विद्येयक ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेबाट नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु हुने भएको छ ।

बैठकको सुरुमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने छ ।

यस्तै, राष्ट्रियसभाका सचिव फुयाँलले प्रतिनिधिसभामा उत्पत्ति भई सो सभाबाट पारित भएका ‘बिमा विधेयक, २०७५,’ पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक’२०७६, ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू र राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको ‘सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश सभासमक्ष टेबुल गर्नेलगायत सम्भावित कार्यसूची छ ।

  • १२ भाद्र २०७९, आईतवार १०:५५ प्रकाशित