नेकपा एसमा कास्कीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस (नामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी कास्कीले कास्की अन्तर्गतका तीन वटै निर्वाचन क्षेत्र र त्यस अन्तर्गतका ६ वटै प्रदेश निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवारको नाम सम्बन्धित क्षेत्रबाट सिफारिस गरेको छ ।

एकीकृत समाजवादी कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख पूर्ण लामाका अनुसार कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि श्रीनाथ वरालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । १ नम्बर क्षेत्रमा समानुपातिक तर्फ चुडामणि जंगली, दिलकुमारी पन्त र जैनव खातुन सिफारिस भएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ मदन केसी, दिननाथ ढकाल, माधव तिवारी र कपिल पौडेल सिफारिस भएका छन् । उक्त क्षेत्रमा समानुपातिक तर्फ शारदाप्रसाद सुवेदी, विजयवावु वनवासी र सुमित्रा अधिकारी सिफारिस भएका छन् ।

प्रदेश सभा १ (ख) मा प्रत्यक्ष तर्फ पुर्ण लामा सर्वसम्मतरुपमा सिफारिस भएका छन् । समानुपातिक तर्फ गजकुमारी गुरुङ, डिक वहादुर राई (डिवी), डिलाराम लामिछाने, तिल बहादुर विक ‘तिलक’ र चन्द्रकिशोर गौतम सिफारिस भएका छन् ।

कास्की क्षेत्र नं २ वाट नेकपा एकीकृत समाजवादीले प्रत्यक्ष र समानुपातिकका लागि तुल बहादुर गुरूङ, भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य र सर्मिला पौडेल सिफारिस भएका छन् ।

प्रदेशसभा २ (क) मा झपिन्द्र राज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दान कुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिव राज आचार्य, लेखराज भण्डारी र राम चन्द्र पौडेल सिफारिस भएका छन् ।

प्रदेश २ (ख) मा प्रत्यक्ष र समानुपातिक तर्फ रत्ना गुरुङ, मदन काजी श्रेष्ठ, कृष्ण पराजुली ‘ढाका मोहन’, सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धि बहादुर रानाभाट र रवीन्द्रराज पौडेल सिफारिस भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का लागि कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्य सिफारिस भएका छन् । प्रदेश सभा ३ (क) मा प्रत्यक्ष र समानुपातिक तर्फ दलवहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बावुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भिमाकुमारी पौडेल र अनिता दमै (रोशनी) सिफारिस भएका छन् ।

यसैगरी प्रदेश सभा ३ खका लागि प्रत्यक्ष र समानुपातिकका लागि होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, संगिता केसी, केदारनाथ न्यौपाने, तुलसी प्रसाद बराल र सुरेश जिसी सिफारिस भएका छन् ।

  • ११ भाद्र २०७९, शनिबार २०:०९ प्रकाशित