बालेनलाई एमाले नेता बस्नेतको चेतावनी : डोजर चलाउने रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला

केन्द्रभाग मिडिया

कठमाडौं ।
अबैध संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको अभियान प्रति नेकपा एमालेका नेता महेश बस्नेतले असन्तुष्टि पोखेका छन् ।

बालेनले अवैध रुपमा निर्माण भएका संरचना भत्काउने कार्यलाई तीव्रता दिँदै गर्दा बस्नेतले बिहीबार सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै स्टाटस लेखेका छन् । बस्नेतले लेखेका छन्, ुबालेन शाहले अल्फाबिटा कम्प्लेक्स , माथी डोजर किन लगाएको ? उनले दुई ओटा कारण देखाए पहिलो नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ? दोस्रो हामीसँग नजिक भएर या फोटो लिएको कारण ? ।

उनले आफ्नो सामाजिक संजालमा अल्फाबिटाका प्रतिनिधिसँगको एक तस्बिर राखेका थिए। नेता बस्नेतले पहिलो कारण हो भने जायज भएको र, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्ने बताए। उनले दोश्रो कारण हो भने त मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने बताए।

उनको स्टाटसको काउन्टरमा मेयर साहले रिप्लाई गर्दै पहिलो कारण नै भएको बताए। उनले नियम कानुन सबैले पालना गर्नु पर्छ कमरेड बरु तपाईँको घरको नक्शा पास छ कि छैन भन्दै नेता बस्नेतको पोस्ट मा कमेन्ट गरेका छन्।

‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसी लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

बिहीबार अल्फा बिटा कम्प्लेक्समा अवैध संरचना भत्काउने क्रममा प्रमुख शाह र अल्फा बिटाको सञ्चालकबीच नक्सालाई लिएर भनाभन भएको थियो । पछि अफिस गएर नक्सा ल्याई शाहले उक्त संरचना भत्काएका थिए ।

‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला,’ बस्नेतले शाहलाई निम्तो दिएका छन् ।

बस्नेताले २/४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन पनि शाहलाई आग्रह गरेका छन् । एउटा फेसबुक एकाउन्टबाट गरिएको कमेन्टलाई लिएर बस्नेत बालेनमाथि खनिएका हुन् ।

 

  • १० भाद्र २०७९, शुक्रबार १२:०२ प्रकाशित