उम्मेदवार सिफारिसमा विवाद हुदाँ कांग्रेस क्षेत्रीय सभापतिमाथि हातपात

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

विराटनगर ।

नेपाली कांग्रेस मोरङ क्षेत्र -४ का सभापति विनोद बस्नेतमाथि कार्यकर्ताले हातपात गरेका छन् । विराटनगर महानगरपालिका-३ मा रहेको वन कार्यालय अगाडिको चिया पसलमा बिहीबार बिहान कार्यकर्ताले बस्नेतमाथि हातपात गरेका हुन् ।

मंसीर ४ गतेका लागि तोकिएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका विषयमा विवाद हुँदा कार्यकर्ताले बस्नेतमाथि हातपात गरेको बताइएको छ ।

प्रदेशको सामानुपातिक सूचीमा आफ्नो नाम सिफारिस गर्न आग्रह गर्न गएका राजु थापाले हातपात गरेका हुन् । थापा स्थानीय तहको चुनावमा आफूलाई टिकट नदिएको भन्दै असन्तुष्ट बनेको जनाइएको छ ।

उनले आगामी चुनावमा भने समानुपातिक सूचीमा आफ्नो नाम राख्न भनेपछि बस्नेतले प्रदेश निर्वाचन क्षेत्रबाट प्रक्रिया पुर्‍याएर सिफारिस आउनुपर्ने बताएका थिए । सोही विषयमा विवाद बढ्दै जादा थापा र बस्नेतबीच हात(हालाहाल भएको बताइएको छ ।

  • ९ भाद्र २०७९, बिहीबार १३:५२ प्रकाशित