रञ्जिता श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

धनगढी ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् निलम्बित साँसद् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बुधबार उम्मेदवारी घोषणा गरेकी छन्।

उनले सासु ससुराको आशीर्वाद लिएर जगतपुरस्थित आफ्नो गृहबाट सङ्घीय सा‌‌सद् पद्का लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।  चौधरीले कैलाली क्षेत्र १ बाट चुनाव लड्ने छिन् । अध्यक्ष चौधरीलाई सासु ससुराले फूलमाला लगाएर जितका लागि आशीर्वाद प्रदान गरेका छन् ।

२०७४ को निर्वाचनमा रेशमले सोही क्षेत्रबाटै अत्यधिक मतकासाथ प्रतिनिधि सभा सदस्यको चुनाव जितेका थिए । भूमिगत अवस्थाबाटै चुनाव लडेका चौधरीले ३४ हजार ३४१ मत प्राप्त गरेका थिए । निकतम् प्रतिद्वन्द्वीको मत १३ हजार ४०६ मात्रै थियो ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जित हासिल गरेको छ । २०७४ को निर्वाचन र पछिल्लो स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भन्ने कैलाली क्षेत्र १ मा नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ । सो पार्टीले जिल्लाको विभिन्न क्षेत्रमा आफ्नो सङ्गठन विस्तार गर्नुका साथै छोटो अवधिमा नै पकड बलियो बनाएको दावी गरेको छ ।

  • ८ भाद्र २०७९, बुधबार १६:४४ प्रकाशित