चुनावको छेको पारेर चितवन पुगे प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावको छेको पारेर चितवन गएका छन् । प्रतिनिधिसभाको चुनावमा चितवनको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी गरेका अध्यक्ष प्रचण्ड आज बिहान चितवन पुगेका हुन् ।

उनको कार्यतालिका अनुसार उनी आज एकै दिन ५ वटा कार्यक्रममा सहभागी हुनेछन्, जसमध्ये तीन वटा शिलान्यास कार्यक्रम छन् ।

आजै पुल उद्घाटन तथा पार्टी प्रशिक्षण कार्यक्रम पनि राखिएको छ । प्रचण्डले बरुवाबजार भैरवपुर पर्साचोक बैदार चिन्द्रेनी अजिंगरे सहिदपुर गंगटे सडक शिलान्यास, हुलाकी सडक अन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन, र माडी ठोरी सडक खण्डको उद्घाटन गरिसकेका छन् ।

यस्तै टमटा खोला तटबन्धन शिलान्यास कार्यक्रम पनि आजै छ । भरतपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको प्रमुख अथितिको रुपमा प्रचण्ड सहभागी हुनेछन् ।

उनी आजै कार्यक्रम सकाएर गठबन्धनको बैठकका लागि काठमाडौं फर्कदैछन् ।

  • ८ भाद्र २०७९, बुधबार १४:५२ प्रकाशित