निर्वाचन नजिकिदैं गर्दा ओलीले भेटे देउवालाई : राखे यी ४ जिज्ञासा

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन नजिकिदैं जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भेट गरेका छन् ।

आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै गई ओलीले देउवासँग भेट गरेका हुन् । भेटको क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासमक्ष ४ चार जिज्ञासा राखेको जनाइएको छ ।

भेटमा ओलीले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रिया, नागरिकता सम्बन्धि र महँगीका विषय प्रधानमन्त्री देउवासामु जिज्ञासा राखेका थिए । प्रधानमन्त्री देउवाले ओलीले उठाएका चारै विषयमा सकरात्मक जवाफ दिएका थिए ।

प्रधानमन्त्री देउवाले ओलीलाई निर्वाचनको निष्पक्ष र विश्वसनियतामाथि निसंकोच भएर तयारी गर्न आग्रह गरेका छन् । सरकारले निर्वाचन निष्पक्षपूर्ण ढंगले गर्ने देउवाको भनाई छ ।

यस्तै शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन चाहेको ओलीलाई प्रधानमन्त्री देउवाको जवाफ थियो । यस्तै नेपालीका छोराछोरीले नागरिकता नपाएको अवस्था रहेको र उनीहरुलाई नागरिकता पाउने व्यवस्था मिलाउने विधेयक ल्याउनु परेको जवाफ देउवाले दिएका छन् ।

प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएको जनाइएइको छ ।

  • ८ भाद्र २०७९, बुधबार १३:५४ प्रकाशित