पोखरा ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गण्डकी प्रदेशमा छिट्टै वैज्ञानिक भाडा समायोजन विधि लागू हुने बताएका छन् ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.को चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको पोखरामा उद्याटन गदै मन्त्री खड्काले बस भाडा समायोजनको हल भनेको स्वचालित बैज्ञानीक भाडा दर समायोजना रहेको बताए । प्रत्यक पटक तेलको मुल्य बढ्दा समिति बस्ने हैन, तेलको मुल्य कति बढ्यो भने भाडा कति हुने त्यो स्वचालित हुनपर्यो, अटोमेटिक हुनपर्यो, खड्काले भने ।
यही सरकारले स्वचालित बैज्ञानीक भाडा समायोजन स्वचालित प्रणाली लागू गर्ने उनले बताए । खड्काले भने, केही समय लाग्छ तपाईहरु पनि समितिको सदस्य हुनुहुन्छ, मंसिर ४ कट्छ यो मन्त्री गए पछि अर्को मन्त्रीले गदैन भन्ने हो भने मंसिर ४ कट्दैन, म आश्वासन दिलाउछु ।
रातो प्लेटका गाडीले यात्रु बोक्न नपाईने उनले बताए । खड्काले जुन प्रायोजनका लागि दर्ता गरेको छ, त्यो प्रयोजन भन्दा अर्को प्रयोजनमा प्रयोग गर्न पाइदैन । रातो प्लेटलाई यात्रु ओसार्न दिने पक्षम आफु नरहेको बताए ।
२० वर्ष पुगे पछि गाडी पत्रु गर्ने प्रावधान हटाउन संघीय र प्रदेश सरकारहरुबीच सहमती भएको खड्काले जानकारी दिए । संघीय यातायात मन्त्री कानून परिवर्तन गर्न सहमत भएको र त्यसका लागि सबै प्रदेशमा एउटा इन्जिन परिक्षण कार्यलय खोेल्ने पनि उनले बताए ।
चालु आर्थीक वर्षको बजेटमा यात्रुवाहक बसको कर छुट घटेर आएको व्यवसायीले गुनासो गरे पछि सरकार त्यसलाई पहिलेकै अवस्थामा फर्काउन सरकार सकारात्मक रहेको पनि खड्काले सो अवसरमा जानकारी दिए । यातायात क्षेत्रमा समस्या बढ्दै जानुमा व्यवसायी, राज्य, मजदुर र यात्रु सबैको कमजोरी रहेको खडेकाले बताए ।














