वाम गठबन्धनको अर्थ छैन : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले वाम गठबन्धनको अर्थ नरहेको भन्दै यसको सम्भावना पनि नरहेको बताएको छ ।

एमालेले वामगठबन्धनको सम्भवाना नरहेकाले एकढीक्का भएर चुनावको सामना गर्ने भएको छ । अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र फरक(फरक धारणा आउन नहुने कुरा बैठकमा नेताहरुले उठाएका छन् ।

स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको छ ।

बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री समेत रहेका नेता शेरधन राईले स्थानीय चुनावमा देखिएका कमजोरी दोहोरिन नदिने गरी पार्टीभित्र अध्यक्ष केपी ओलीको स्वरमा सबैको एक स्वर हुनुपर्ने बताएका थिए । उनले पार्टी पंक्तिलाई अन्योल हुने अभिव्यक्ति दिन नहुने भन्दै अध्यक्षको स्वरमा सबैको एकमत हुनुपर्ने धारणा राखेका थिए ।

  • ७ भाद्र २०७९, मंगलवार १७:०३ प्रकाशित