माधव नेपालले भने,‘चुनावमा आफ्नै चिन्ह लिएर लड्छौं ’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्ह लिएर लड्ने बताएका छन् ।

माओवादीसँग मिले पनि चुनावमा भने आफ्नै चुनाव चिन्ह लिएर लड्ने नेपालले प्रष्ट्याएका हुन् । हिजो मात्रै माओवादी केन्द्र र नेकपा एसले एउटै घोषणापत्र लिएर अघि बढ्ने बताएका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको बताए ।

‘पाँचदलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्छौं । माओवादी केन्द्रसँग चुनावपछि एकता अघि बढ्छ । त्यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको छ’, नेता नेपालले भने ।

  • ७ भाद्र २०७९, मंगलवार १६:३३ प्रकाशित