प्रतिनिधि सभा बैठक आजदेखि एक साता स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ ।

आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।

एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।

  • ७ भाद्र २०७९, मंगलवार १४:२० प्रकाशित