सिटको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँडको टुंगो लगाउन कसरत गरिरहेका छन । आज पनि सिट बाँडफाँडमा सहमति जुटाउनको लागि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुनः बैठक बस्न लागेको हो ।

सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने कार्कीको दाबी छ ।

  • ७ भाद्र २०७९, मंगलवार ०९:०६ प्रकाशित