पोखरामा बन्दको आंशिक प्रभाव

केन्द्रभाग मिडिया

पोखरा ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ। बन्दका कारण पोखराको जनजिवन प्रभावित भएको छ । शैक्षिक संस्था खुलेका छैनन, भने पसलहरु पनि आशिंक रुपमा मात्र खुलेका छन् ।

सार्वजनिक यातायातका साधन नचल्दा सडक सुनसान देखिएको छ । बसपार्कबाट लामो दूरीका यातायातका साधनसमेत छुटेका छैनन ।
निजी सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडी सडकमा गुडिरहेका छन्। बन्द आह्वानकर्ताले नै अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने रोक नलगाएको जानकारी दिएका छन ।

पोखराका सडकमा बन्द कर्ताको उपस्थिति भने देखिएको छैन । गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध विप्लव समूहले बन्द आह्वान गरेको हो ।

  • ७ भाद्र २०७९, मंगलवार ०७:५९ प्रकाशित