आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै आयोग

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९० दिन बाँकी छ । चुनावको दिन नजिकिदैँ गर्दा निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिता र तयारीबारे प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार छलफलका लागि दलहरुलाई बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

आयोगले पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने तयारी गरेको छ ।

चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चित गर्न आयोगले आग्रह गरिसकेको छ ।

  • ६ भाद्र २०७९, सोमबार १०:२९ प्रकाशित