बुटवल ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।
आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्रबाटै अब अन्तिमपटक चुनाव लड्ने बताए ।
उनले आफूूले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारी पक्का रहेको पनि बताए ।
उनले गठबन्धन चुनावसम्म हुुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताए ।













