प्रतिनिधिसभाको आजको बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतवार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो ।

कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा रहेकाले प्रतिनिधिसभाको बैठक स्थगित गरिएको जनाइएको छ ।

  • ५ भाद्र २०७९, आईतवार १०:५० प्रकाशित