गिरिको निधनले सच्चा र असल नेता गुमायौं : प्रधानमन्त्री देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गरका छन् । उनले गिरिको निधनबाट आफु स्तब्ध भएको बताएका छन् । गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको देउवाको भनाइ छ ।

ट्वीट गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’

देउवाले गिरिको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

  • ५ भाद्र २०७९, आईतवार १०:२१ प्रकाशित