काठमाडौं ।
नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी कमिटी बैठकले गुरुङलाई महासचिव बनाउँदै २१ सदस्यीय पदाधिकारी टिम टुंग्याएको हो । मात्रिका यादव उपमहासचिव बनेका छन् ।
माओवादी केन्द्रमा गुरुङसंगै महासचिवमा दावी गर्दै आएका अरु ६ जनालाई भने उपमहासचिव बनाइएको छ । गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, दिनानाथ शर्मा, गणेश साह हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की सचिव बनेका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल चयन भए ।
अध्यक्ष प्रचण्डले पूर्व घोषणा गरे अनुसार नै नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए का छन् । यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि भनिएको छ । ‘अहिलेका लागि यो सन्तुलित र निर्वाचनलाई ध्यान दिएर गरिएको हो,’ उपाध्यक्ष महराले बैंठकपछि पत्रकारहरुसँग भने, विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।’
विचारको विकास र संठगनात्मक प्रणाली निर्माणका लागि विशेष महाधिवेशन गर्ने भनिएको छ, तर मिति भने तय भएको छैन ।













