चुनावका लागि ओलीको दौडधुप : अचानक पुगे झापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् ।

  • २ भाद्र २०७९, बिहीबार १३:३५ प्रकाशित