काठमाडौं ।
आगामी स्थानीय चुनावका लागि सत्ता गठबन्धनभित्र सीट बाँडफाँटको लागि छलफल भइरहेको छ ।
गठबन्धनभित्रका दलले आ– आफुले पाउनुपर्ने सीट संख्याको दाबी गर्न थालेका छन् । प्रमुख दल काँग्रेसले कम्तीमा १०० सिट आफुहरुले पाउनुपर्ने माग गरिरहेको छ । भने माओवादी केन्द्रले ६० सिटको दाबी गरिरहेको छ । यसैबीच
स्थानीय चुनावका आधारमा सत्ता गठबन्धनको तेस्रो ठूलो घटक बनेको जनता समाजवादी पार्टीले प्रतिनिधिभातर्फ कम्तीमा ३० सीट दाबी गर्ने भएको छ ।
गठबन्धनको कार्यदलमा छलफल भइरहेका बेला जारी जसपाको केन्द्रीय बैठकमा सीट बाँडफाँटबारे सामान्य ब्रिफिङ भएको छ । कार्यदलमा रहेका सदस्य रकम चेम्जोङ र रामसहायप्रसाद यादवले छलफलमा भएका कुराबारे जानकारी गराएका छन् ।
पार्टीको तर्फबाट १६५ निर्वाचन क्षेत्रमध्ये ३० देखि ३५ सीटमा दाबी गर्ने कुरा आएको जसपाका नेता आङकाजी शेर्पाले जानकारी दिए ।













