भोलि(बिहीबार) कमिटीलाई पूर्णता दिदैं माओवादी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे बृहत छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिँदै पदाधिकारी टुंग्याउनेगरी छलफल अघि बढेको बताए ।

  • १ भाद्र २०७९, बुधबार १६:३९ प्रकाशित