काठमाडौं ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले एक्लै चुनाव लड्ने तयारी गरेका छन् ।
गठबन्धन बनाउनमा असफल भएपछि राउत एक्लै चुनाव लड्ने भएका हुन् । स्थानीय तहको चुनावलगत्तै आगामी संघ तथा प्रदेशको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेको जनमत पार्टीले त्यसका लागि यो बीचमा निकै प्रयास गर्यो तर सबै प्रयास असफल भएपछि एक्लै चुनाव लड्ने निष्कर्षमा पुगेको हो ।
जनमत पार्टीका महासचिव चन्दन सिंह भन्छन्, ‘हाम्रो चाहना मधेसमा एउटा छुट्टै गठबन्धन बनोस् भन्ने थियो । त्यसका लागि हामीले निकै प्रयास गर्यौं । हरेक दलसँग छलफल गर्यौं तर अहिलेसम्मको परिणाम सकारात्मक देखिएको छैन ।’
यद्यपि दलहरुसँग आन्तरिक रुपमा अझै छलफल जारी छ ।













