काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई चियापान गराएका छन् । कोइरालाले बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा आज बिहान जनप्रतिनिधिहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
नेपाली कांग्रेसले साउन ३० र ३१ गते ललितपुरको सानेपामा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएकाहरुका लागि कोइरालाले चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरेको उनको सचिवालयले जनाएको छ ।
कार्यक्रममा पालिकाका अध्यक्षरउपाध्यक्ष तथा प्रमुखरउपप्रमुखसहित कोइराला निकट नेता–कार्यकर्ताहरु सहभागी छन् ।













