कांग्रेस केन्द्रीय समितिमा महिला सदस्य मनोनित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुनेमा सबै महिला छन् । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्नेमा महाधिवेशनबाट आउनेको संख्या कम छ ।

मनोनित हुनेमा किरण यादव (महोत्तरी) , राधा घले (काठमाडौंँ), धना खड्का (ललितपुर), उर्मिला थपलिया (धादिङ) , रुक्मिणी कोइराला (मोरङ), कल्णाणी रिजाल (काठमाडौँ) , गोमा भट्टराई (झापा), गंगा शाही रुपन्देही, लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुुर) छन् ।

  • ३१ श्रावण २०७९, मंगलवार १६:२७ प्रकाशित