काठमाडौं ।
नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रपति विद्या भण्डारी पुत्री उषाकिरण भण्डारीलाई आगामी चुनावमा उठाउने भएको छ ।
स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले पार्टीको विदेश विभागकी सदस्य भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेको जनाइएको छ।
भण्डारीलाई काठमाडौं २ मा लैजान सकिने एमालेका नेताहरुले बताएका छन् । यसअघिका चुनावहरुमा माधव नेपालले लड्दै आएको क्षेत्रमा भण्डारी जाँदा कार्यकर्तामा सही सन्देश जाने उनीहरुको भनाइ छ ।
सो क्षेत्रमा उषालाई उठाउँदा जननेता मदन भण्डारीको सम्मान हुने र सक्षम युवापुस्ताको प्रतिनिधित्व हुने सन्देश जाने पार्टीको बुझाइ छ । भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेर सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरिएको छ।














