नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ : नेम्वाङ

केन्द्रभाग मिडिया

अर्घाखाँची ।
नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रक्रिया अनुसार विधेयक पेस नगरेकाले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट फिर्ता भएको बताएका छन् ।

राष्ट्रपतिको निर्णय संविधानको मर्म अनुसार भएको पनि उनले दावी गरे । प्रेस चौतारी नेपाल अर्खाखाचीले सोमबार आयोना गरेको पात्रकार सम्मेलनमा बोल्दै नेम्वाङले यस्तो बताएका हुन् ।

‘नागरिकता सम्बन्धी विधेयक संवेदनशील छ,’ नेम्वाङले भने, ‘४ वर्ष लगातार संसदमा छलफल गर्‍यौं । सत्तापक्षले सही ढंगले पेस गरेन, गल्ती गर्‍यो । संसदमा फिर्ता आएको विधेयकका केही बुँदा परिमार्जन गर्नुपर्ने उनले बताए ।

भारतमा जन्मिएका चेलीहरुले नेपाली युवासँग विवाह गरे भने ७ वर्षपछि नागरिकता दिनेबारे सबै दलबीच सहमति भएको तर पछि फरक ढंगले विधेयक परिमार्जन गरेको उनले बताए ।

  • ३० श्रावण २०७९, सोमबार १३:३६ प्रकाशित