काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन प्रतिस्पर्धा भन्दापनि सत्रुता बढाउन तर्फ लागेको आरोप लगाएका छन् । लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले प्रतिस्पर्धा गर्न नसकेर सत्रुता गर्न खोजिरहेको आरोप लगाएका हुन् ।
‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरु प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन्’ ओलीले भने ।
विगतमा जातीय, क्षेत्रीय, नारा लगाउनेहरु अहिले राजनीतिमा दुश्मनी गर्न लागेको टिप्पणी गर्दै उनले ‘राजनीतिमा प्रतिस्पर्धा गरौं न मारामार किन गर्ने, चुनाव लडौं न मारामार किन गर्ने, भोट खसाऔं न गठबन्धनकाले एक्लै लड्न कसैले आँट गरेनन्’ भनेका छन् ।
सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसको आलोचना गर्दै ओलीले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने भएको टिप्पणी गरे ।