काठमाडौं ।
निर्वाचनको मुखमा नेपाली कांग्रेस भित्र गुटगत रानजनीति बढेको छ । ने भ्रातृ संस्थामा सभापति शेरबहादुर देउवाले एकलौटी मनोनयन गरेका पछि अर्को पक्षा त्यसको प्रतिवादमा उत्रेको छ ।
देउवाले भातृ संस्थाको नेतृत्व चयन गर्दा कुनै सल्लाह नगरे पछि संस्थापनइतर समूह फेरी सक्रिय भएको छ । देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल लगायतका मुख्य भ्रातृ संस्थाको अध्यक्ष मनोनयन गर्दापार्टीभित्र कुनै छलफल नै गरेनन् ।
संस्थापनइतर समूह (शेखर कोइराला) पक्षले देउवा एकलौटी रुपमा अगाडी बढेको आरोप लगाएको छ । अहिलेसम्म देउवाले नियुक्त गरेका भातृ संस्थाको नेतृत्व सबै संस्थापन पक्षका छन् । देउवाको एकलौटी रोक्न असफल भएको कोइराला समूह अब के गर्ने भन्नेमा छलफल गर्न आज बैठक बस्ने भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।
देउवाले यस पहिलेनै नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, नेपाल किसान संघमा गणेश तिमिल्सिना, महिला संघमा उषा मिश्र राउत, र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरेका थिए । कांग्रेसमा सभापति देउवाले संस्थापन इतका नेतालाई पेलेरै जाने संकेत गरे पछि शेखर समूह आक्रोसीत छ । भातृ संस्थामा जस्तै प्रतिनिधि सभा र प्रदेश सभाको टिकट वितरणमा पनि सभापतिले एकलौटी गर्न सक्ने आशंकाले शेखर समुह तर्सेको छ ।












